वर्षा रोकिएसँगै मेलम्चीको पानी काठमाडौं आइपुग्न थाल्यो, दैनिक १७ करोड लिटर पठाइँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वर्षा रोकिएसँगै मेलम्चीको पानी काठमाडौं आइपुग्न थाल्यो, दैनिक १७ करोड लिटर पठाइँदै



काठमाडौं । वर्षायामका कारण बन्द गरिएको मेलम्ची खानेपानी पुन: काठमाडौं आइपुग्न थालेको छ ।

दैनिक १७ करोड लिटरभन्दा बढी पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत उपत्यकामा आपूर्ति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गत वर्ष बाढी र पहिरोले आयोजनामा क्षति पुर्‍याएपछि असार १० गतेदेखि सेवा बन्द गरिएको थियो । मर्मतपछि पुन: आपूर्ति सुरु गरिएको हो ।

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकामा मेलम्ची बन्द हुँदा १४ करोड लिटरभन्दा कम पानी आपूर्ति भइरहेको थियो ।

अब मेलम्चीको पानी नियमित आपूर्ति हुन थालेपछि पहिले ६ दिनमा एकपटक आउने पानी, अब ३ दिनको फरकमा घर–घरमा पुग्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्