११ श्रावण २०८३, सोमबार

राष्ट्र बैंकले तिहारमा सुनका असर्फी वितरण नगर्ने, चाँदीका मेडालियन लिन परिचयपत्र अनिवार्य

राष्ट्र बैंकले तिहारमा सुनका असर्फी वितरण नगर्ने, चाँदीका मेडालियन लिन परिचयपत्र अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहार लक्षित गरी सुनका असर्फी वितरण नगर्ने निर्णय गरेको छ ।

हरेक वर्ष तिहारको अवसरमा असर्फी तथा सिक्का वितरण गर्दै आएको राष्ट्र बैंकले यसपालि चाँदीका मेडालियन मात्र बिक्रीमा ल्याउने भएको हो ।

टक्सार महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार असोज २६ गतेदेखि चाँदीका लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको मेडालियन बिक्रीमा आउनेछ । प्रत्येक १० ग्राम तौलका यी मेडालियनको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ ।

केन्द्रिय बैंकका अनुसार एक व्यक्तिलाई एक थान मात्रै मेडालियन दिइनेछ । खरिदकर्ताले नागरिकताको फोटोकपी वा त्यसमा उल्लेखित नम्बर भएको वैध परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ ।