२ आश्विन २०८३, शुक्रबार

रिलायन्स फाइनान्सको आरुघाट शाखा धादिङवेसीमा स्थानान्तरण 



काठमाडौँ । रिलायन्स फाइनान्सको गोरखा जिल्ला आरुघाट बजारबाट धादिङ जिल्ला धादिङवासीमा स्थानान्तरण गरेको छ । 

धादिङ शाखा कार्यालयको रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले उद्घाटन गरेका छन् ।  

नेपाल राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत २०६६/०८/१८ बाट सञ्चालनमा आएको यस संस्थाको का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ । 

संस्थाले न्यूरोड काठमाडौँ, सितापाईला काठमाडौँ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलान्चोक, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणिग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कञ्चनपुर, कोहलपुर बाँके, अत्तरिया कैलाली, दमक झापा, बिर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।                                                                                   

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक व्याज प्रदान गर्दे निक्षेप सङ्कलन गर्दे आएको छ । 

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई ई बैकिङ, एससिटी नेटवर्क एटिएम विभिन्न रेमिटेन्स सेवाहरू, सी आस्वा, आइपिएस्, कनेक्ट आइपिएस् सेवा, एविविएस सेवा, इलेकट्रोनिक चेक क्लेयरिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ एससिटी मोकोसमेतका सेवा प्रदान गर्दे आएको  छ ।