निरन्तर बढ्दै सुनकाे मूल्य, आज तोलामा ४०० रुपैयाँ वृद्धि, चाँदीको कति ?
काठमाडाैं । सुनकाे मूल्य निरन्तर उकालाे लाग्ने क्रम जारी छ । बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ४०० रूपैयाँले बढेकाे छ ।
हिजाे ताेलामा ८ हजार १०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ४८ हजार ९०० रूपैयाँ निर्धारण भएकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य भने ताेलामा ८५ रूपैयाँ घटेकाे छ । चाँदीको भाउ बुधबार प्रति तोला ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।













