लिबर्टी माइक्रो तीन वटा बीमा योजना लिएर लम्जुङकी तुलसी पौडेलले मनाइन जन्मदिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लिबर्टी माइक्रो तीन वटा बीमा योजना लिएर लम्जुङकी तुलसी पौडेलले मनाइन जन्मदिन



काठमाडाैं । लम्जुङकी तुलसी पौडेलले आफ्नो जन्मदिनलाई एकदमै विशेष, अर्थपूर्ण र प्रेरणादायी ढंगले मनाउने उदाहरण प्रस्तुत गरेकी छन्।

उनले आफ्नो जन्मदिनको अवसरमा महँगो पार्टी वा उपहारमा होइन, आफ्नो र आफ्ना सन्तानहरूको भविष्य सुरक्षामा लगानी गर्दै तीन वटा बीमा योजना खरिद गरेकी हुन्।

पौडेलले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समार्फत बीमा योजनाहरू लिएर, भविष्यप्रतिको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राखेकी छन्। जीवनको अनिश्चितताबीच बीमा एक सुरक्षा कवच भएको उल्लेख गर्दै उनले जन्मदिनलाई जिम्मेवार नागरिकको सोचसहित अर्थपूर्ण रूपमा मनाएकी हुन्।

‘बीमा योजना केवल कागजी लेनदेन होइन, यो परिवारप्रतिको प्रेम, भविष्यप्रतिको सोच र आत्मनिर्भर जीवनशैलीको सुरुवात हो’ पौडेलले भनिन्।

आजको परिवेशमा जहाँ आकस्मिकता, स्वास्थ्य समस्या वा आर्थिक चुनौती जुनसुकै बेला आइपर्न सक्छ, त्यस्तो अवस्थामा बीमा योजना संकटको बेलामा साथ दिने महत्वपूर्ण साधनका रूपमा देखिएको छ। उनको यो सोचले जन्मदिनलाई मात्र उत्सव नभई चेतनाको रूप दिने प्रयास गरेको छ।


प्रतिक्रिया दिनुहोस्