जेनजी आन्दोलनः बीमा कम्पनीमा सवा २३ अर्ब २० करोड दावी, दुई अर्ब दुई करोड भुक्तानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनः बीमा कम्पनीमा सवा २३ अर्ब २० करोड दावी, दुई अर्ब दुई करोड भुक्तानी



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार १६६ वटा बीमा दाबीको करिव रू. २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।

निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. २ अर्ब १ करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको छ ।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ ।

पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीह्रूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्