शनिबार पनि आरटीजीएस प्रणाली सुचारु हुने
काठमाडौं । ठूलो रकमको विद्युतीय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस) सेवा शनिबार पनि सञ्चालनमा रहने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आरटिजिएस प्रणाली भोलि अर्थात कात्तिक १ गते पनि संचालन हुने भएको हो । भुक्तानी प्रणाली विभागका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ ।
आरटिजिएस प्रणाली मुख्यत: ठूलो मूल्य र तुरुन्तै सेटल गर्नुपर्ने कारोबारका लागि प्रयोग गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले आपसी भुक्तानी, संस्थागत कारोबार तथा उच्च मूल्यका ट्रान्सफरमा यो प्रणाली प्रयोग गर्ने गर्छन् ।














