बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको रिपोर्ट कात्तिक २१ गतेसम्म प्रकाशन गर्न पाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने म्याद थपिएको छ ।
अब वाणिज्य बैंक तथा वित्त कम्पनी र पूर्वाधार विकास बैंकले राष्ट्र बैंकमा पठाउनुपर्ने मासिक र त्रैमासिक विवरण तथा प्रकाशन गनुपर्ने अन्तरिम वित्तीय प्रतिवेदन आगामी कात्तिक २१ गतेसम्मको समय पाएका छन् । तर, यसअघि भने त्रैमास सकिएको १५ दिनभित्र विवरण प्रकाशन गरिसक्नु पर्ने व्यवस्था थियो ।
तिहार बिदा लामो समय परेकाले यस्तो समायावधि बढाइएको हो ।















