सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ अर्ब २६ करोड भन्दा बढी दाबी भुक्तानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ अर्ब २६ करोड भन्दा बढी दाबी भुक्तानी



काठमाडाैं ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत भदाै २३ र २४ गते आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण यस कम्पनीमा बीमा रहेका व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्ती तथा उद्योग व्यवसायमा पुगेको क्षतीको बीमा दाबी फर्छ्याैटमा तिब्रता दिएकाे छ।

आन्दोलनका क्रममा भएको क्षतीको ३५७ वटा बीमा दाबी स्वरुपबाट रु. ५ अर्ब ४९ करोडको प्रारम्भिक दाबी परेकाेमा हाल सम्म १०५ वटा पूर्ण तथा अग्रिम भुक्तानी वापत रु. १ अर्ब २६ करोड भन्दा बढी दाबी भुक्तानी गरि सकेकाे कम्पनीले जानकारी दिएकाे छ ।

गत वर्षकाे असाेज महिनामा वाढीबाट भएको क्षतीलाई सहज रुपमा व्यवस्थापन गरी आफ्नो कर्तव्य तथा दायित्वलाई इमान्दारी पूर्वक निर्वाह गरेको पनि कम्पनीले स्मरण गरेकाे छ ।

प्रतिकुल परिस्थितिमा पनि सधैँ विमितको साथमा रहने विमितको आकांक्षा अनुरुप सेवा प्रवाह गर्न निरन्तर लागि परेको हुदा , बीमितको क्षती भएको सम्पत्तीको बीमा दावी फछ्र्यौट गरी बीमितहरुको आर्थिक क्षतीको पुनःस्थापना गर्न कम्पनी प्रतिवद्ध रहेको कम्पनीले जनाएकाे छ ।

यस अभियानमा सकृय सहभागि भई बीमा दावी भुक्तानी लिन बाँकी बीमितहरुलाई शिघ्र आवश्यक कागजात पेश गरी दावी फछ्र्यौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्