बिजुली काटिने त्रासले बक्यौता तिर्न थाले उद्योगहरू, हालसम्म ८ उद्योगले तिरे किस्ता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बिजुली काटिने त्रासले बक्यौता तिर्न थाले उद्योगहरू, हालसम्म ८ उद्योगले तिरे किस्ता



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कात्तिक ३ गतेभित्र बक्यौता तिर्नुपर्ने अन्तिम समयसीमापछि उद्योगहरूले धमाधम किस्ता बुझाउन थालेका छन् ।

हालसम्म ८ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल किस्ताबन्दीमार्फत तिरेका छन् ।

शुक्रबार मात्र हामा आइरन एन्ड स्टील, लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले प्राधिकरणमा रकम बुझाएका छन् । हामाले ५ करोड ८५ लाख बक्यौता मध्ये २० लाख ९० हजार, लक्ष्मीले ८४ लाख ९८ हजार र सर्वोत्तमले ४० लाख रुपैयाँ बुझाएका हुन् ।

यसअघि हुलास स्टिल र अशोक स्टिलले पनि किस्ताबन्दीमा तिर्न थालिसकेका छन् । हुलासले १४ करोड १२ लाख बक्यौता मध्ये ५० लाख ४३ हजार र अशोकले १७ करोड ५८ लाख मध्ये ६३ लाख रुपैयाँ तिरेका छन् ।

यस्तै, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले समेत आ–आफ्नो बक्यौता किस्ताबन्दीमा बुझाइरहेका छन् ।

नव नेपालले १२ किस्ता बराबरको रकम बुझाएर सम्पूर्ण बक्यौता चुक्ता गरिसकेको छ । प्राधिकरणले कात्तिक ३ पछि बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्