निगमले बुझायो असोजसम्म ५३ करोड किस्ता - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

निगमले बुझायो असोजसम्म ५३ करोड किस्ता



काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज खरिदका लागि लिएको ऋणमध्ये असोज मसान्तसम्मको ५३ करोड ९ लाख रुपैयाँ बराबरको किस्ता भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये न्यारोबडी जहाजको किस्ता पूरा र वाइडबडीको आंशिक भुक्तानी गरेको हो ।

निगमका अनुसार हालसम्म जहाज खरिद सम्बन्धी ऋणतर्फ ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको किस्ता रकम भुक्तानी गरिसकिएको छ ।


प्रतिक्रिया दिनुहोस्