साढे ३६ अर्बको १२ लाख १३ हजार ‘बीमा पोलिसी’ भएन नकिवरण, अब सुधारको बाटो के ?
काठमाडौं । बीमालेख नविकरण नगर्ने सिलसिला बढ्दो नै छ । अहिले बीमा कम्पनीहरुमा साढे ३४ अर्ब बढीको १२ लाख बढी बीमालेख नविकरण हुन सकेका छैनन् ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । भदौ मसान्तसम्म आइपुग्दा नविकरण नभएको बीमालेख अर्थात् व्यतित बीमालेखको रकम ५ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा आइपुग्दा यस्तो रकम ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । जबकि, गत वर्षको सोही अवधिमा ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
प्राधिकरणका अनुसार हाल नविकरण नभएको बीमालेख १२ लाख १३ हजार ५६२ वटा छ । यो गत वर्षको तुलनामा २.७९ प्रतिशत धेरै हो । गत वर्षको भदौ मसान्तसम्म यस्तो रकम ११ लाख ८० हजार ६१६ वटा थियो । हाल जीवन बीमा तर्फ १४ वटा ठूला तथा ३ वटा लघु बीमा कम्पनी सञ्चालनमा छन् । ती सबै कम्पनीहरूमार्फत बीमा गरिएका तर म्यादभित्र नविकरण नभएका बीमालेखको स्थिति यो हो ।
बीमा अभिकर्ताहरूको असक्रियता र ग्राहकसँग नियमित सम्पर्कको अभावले पनि यस्तो दर बढ्दो क्रममा रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कतिपय बीमित भने आर्थिक समस्याहरूमा पर्दा पनि बीमालेख नविकरण नहुने बताउँछन् । अर्को तर्फ बीमा सरेन्डर बारे जानकारी नहुँदा नविकरण दर बढ्ने उनीहरुको भनाई छ ।
बीमा अभिकर्ताहरूको असक्रियता र ग्राहकसँग नियमित सम्पर्कको अभावले पनि यस्तो दर बढ्दो क्रममा रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कतिपय बीमित भने आर्थिक समस्याहरूमा पर्दा पनि बीमालेख नविकरण नहुने बताउँछन् । अर्को तर्फ बीमा सरेन्डर बारे जानकारी नहुँदा नविकरण दर बढ्ने उनीहरुको भनाई छ ।
प्राधिकरणका अनुसार साउन र भदौ महिनामा मात्रै २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । यद्यपि, यो गत वर्षको सोही अवधिको तुलनामा भने ९.१८ प्रतिशत कम हो । गत वर्षको भदौ मसान्तसम्म २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको सरेन्डर भएको थियो । २ महिनामा १५ हजार ८९८ वटा बीमालेख समर्पण भएको प्राधिकरणको आँकडा छ । जबकि, गत वर्षको साउन र भदौमा १९ हजार ७४१ वटा पोलिसी सरेन्डर भएका थिए ।
बीमा नविकरण दर घट्दै जानुको पछाडि अभिकर्ताहरूको निष्क्रियता र ग्राहकसँगको कमजोर समन्वय प्रमुख कारणको रूपमा देखिएको छ । विज्ञहरूका अनुसार धेरै बीमितहरू आर्थिक दबावमा परेर समयमा शुल्क तिर्न सक्दैनन् । अर्कोतर्फ कतिपयले बीमा सरेन्डर गर्ने प्रक्रिया नै नबुझेका कारण पनि नविकरण रोकिने बताइन्छ ।
जीवन बीमाका धेरैजसो योजनाहरू ५ देखि १५ वर्ष अवधिका हुन्छन् । बीमितले हरेक वर्ष प्रिमियम बुझाउनु पर्ने हुन्छ । समयमै शुल्क नतिरे बीमालेख स्वत: ‘व्यतित’ हुन्छ, जसले बीमा सुरक्षाको सुविधा समाप्त गरिदिन्छ । यद्यपि, बीमालेख व्यतित भएको खण्डमा पनि बक्यौता रकम तिरेर पुन: नविकरण गर्न सकिने व्यवस्था भने रहँदै आएको छ।
तीन वर्षभन्दा पुरानो बीमालेख भएमा बीमितले सरेन्डर गरी केही रकम फिर्ता लिन सक्ने विकल्प पनि छ । तर, सूचनाको अभाव र बीमा कम्पनीहरूको न्यून सक्रियताका कारण धेरै बीमितहरू न त नविकरण गर्छन्, न त सरेन्डर । बरु अन्योलमा अल्झिएर बसिरहेका हुन्छन् ।
बीमा प्राधिकरणले अभिकर्ता तथा कम्पनीहरूलाई ग्राहकसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिँदै आएको छ । तर, व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन अझै कमजोर देखिन्छ।













