धमाधम ठेक्का तोड्दै नयाँ सरकार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

धमाधम ठेक्का तोड्दै नयाँ सरकार



काठमाडौँ । सिंचाइ र सडकपछि अब झोलुङ्गे पुलहरुको पनि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले धमाधम पुराना ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । सिंचाइका १२ र सडकका ४० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको बेला झोलुङ्गे पुलका ६ वटा ठेक्का पनि तोड्ने प्रक्रिया थालनी भएको हो ।

शहरी विकास मन्त्रालय अन्तरगतको स्थानीय पूर्वाधार विकास विभागले खोटाङको पिलम्पा र बुवाखोला, खोटाङ र उदयपूर जोड्ने सुनकोशी दिप्रुङ, गोरखाको थुमी बुधेगरा र क्योग्मा, झापाका कमला खोला दोभा र बिरिङ बाह्रादशी तथा धादिङको लिखु धुनिबेशीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि भएका ठेक्का सम्झौताहरु तोड्न सरकारले तयारी थालेको हो ।

यी ६ वटा ठेक्का तोडिँदा ८ वटा झोलुङ्गे पुलहरु अलपत्र पर्ने छन् । यसको निर्माणका लागि नयाँ प्रक्रिया थालनी गर्नुपर्ने र त्यसो नगरेमा ती स्थानमा पुल निर्माण नहुने भएको हो । अहिलेको सरकार खर्च कटौतिमा लागेका कारण यी ठेक्काहरु पुन: खोल्छ कि खोल्दैन भन्ने निश्चित छैन ।


प्रतिक्रिया दिनुहोस्