साताको दुई दिन भैरहवामा पुनः नियमित उडान शुरू गर्दै थाइ एयर एशिया - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साताको दुई दिन भैरहवामा पुनः नियमित उडान शुरू गर्दै थाइ एयर एशिया



काठमाडाैं । आजदेखि थाइल्याण्डको एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नाे उडान पुनः सूचारू गर्दै छ ।

विन्टर सिजन लागेसँगै एयर एसियाकाे पहिलाे उडान आज सवा १२ बजे भैरहवा आउने छ भने सवा १ बजे फर्कने कार्यतालिका रहेकाे विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।

यो वायुसेवाले ए३२० नामक १८० सिट क्षमताको न्यारोबडी जहाजबाट उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट साताको २ उडानको अनुमति लिएको छ । यो वायुसेवाले हरेक आइतबार र बुधबार बैंकक-भैरहवा-बैंकक उडान गर्दै छ ।

गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थाइ एयर एशियाले चैतबाट उडान रोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्