साताको दुई दिन भैरहवामा पुनः नियमित उडान शुरू गर्दै थाइ एयर एशिया
काठमाडाैं । आजदेखि थाइल्याण्डको एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नाे उडान पुनः सूचारू गर्दै छ ।
विन्टर सिजन लागेसँगै एयर एसियाकाे पहिलाे उडान आज सवा १२ बजे भैरहवा आउने छ भने सवा १ बजे फर्कने कार्यतालिका रहेकाे विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
यो वायुसेवाले ए३२० नामक १८० सिट क्षमताको न्यारोबडी जहाजबाट उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट साताको २ उडानको अनुमति लिएको छ । यो वायुसेवाले हरेक आइतबार र बुधबार बैंकक-भैरहवा-बैंकक उडान गर्दै छ ।
गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थाइ एयर एशियाले चैतबाट उडान रोकेको थियो ।













