अन्नपूर्ण आधार शिविरमा हिमपात, पर्यटकको सहजीकरणका लागि सुरक्षा टोली परिचालन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अन्नपूर्ण आधार शिविरमा हिमपात, पर्यटकको सहजीकरणका लागि सुरक्षा टोली परिचालन



म्याग्दी । अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भारी हिमपातका कारण पर्यटकको सहजीकरणका लागि सुरक्षा टोली परिचालन गरिएको छ । सोमबार रातिदेखि नारच्याङस्थित आधार शिविर क्षेत्रमा लगातार हिमपात भइरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मौरिस हर्जोग पदमार्ग हुँदै हुमखोला हुँदै आधार शिविर पुगेको छ । हिमाली उद्धारकर्मी इन्द्रसिंह शेरचन समेत टोलीसँग छन् ।

जिल्ला प्रशासन कार्यालयले आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहने भन्दै आधार शिविर जान पूर्ण रूपमा रोक लगाएको छ । गाउँपालिकाले पनि पर्यटकलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्