१० दिनमै ४० हजार बढी पर्यटक मुस्ताङ पुगे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१० दिनमै ४० हजार बढी पर्यटक मुस्ताङ पुगे



मुस्ताङ । कात्तिक महिना सुरु भएको पहिलो १० दिनमै ४० हजारभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ देखि १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै ३७ हजार १४६ आन्तरिक र तीन हजार ७३२ विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

उक्त अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी करिब ११ हजार ८०८ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए । तर, सोमबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मुक्तिनाथ पुग्ने पर्यटकलाई कठिनाइ भएको छ । कागबेनी–मुक्तिनाथ सडकखण्ड र मन्दिर क्षेत्र वरिपरि बाक्लो हिमपात हुँदा यात्रुहरू फसेका छन् ।

मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार चिसो तीव्र बढेपछि स्नानकुण्ड र १०८ धारा जमेका छन्, जसले भक्तजनका धार्मिक क्रियाकलापमा अवरोध पुर्‍याएको छ । साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेका पर्यटकको संख्या एक लाख ५९ हजार ४६७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्