जेनजी आन्दोलनको कहर : क्षति उपर बीमा कम्पनीले दिए २ अर्ब ७९ करोड भुक्तानी, हालसम्म कसले कति दिए ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनको कहर : क्षति उपर बीमा कम्पनीले दिए २ अर्ब ७९ करोड भुक्तानी, हालसम्म कसले कति दिए ?



काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब बढी दावी भुक्तानी दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापाक तोडफोड तथा आगजनी भएको थियो । धेरै गाडी तथा अन्य भौतिक संरचना जलेर नष्ट भएका छन् । सोही क्षति उपर अहिले निर्जीवन बीमा कम्पनीहरुमा दावी पर्ने र भुक्तानी दिने क्रम बढ्दो छ ।

हालसम्म कम्पनीहरुमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । सो दावी उपर कम्पनीहरुले २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बराबरको भुक्तानी दिएका छन् । कुल दावीको १२.०४ प्रतिशत भुक्तानी गरेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको कात्तिक ९ गते आइतबारसम्मको प्रारम्भिक विवरवणले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार हालसम्म ३ हजार १८७ वटा दावी पेश भएको छ । सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब १ करोड ९३ लाख रुपैयाँ बराबरको दावी परेको छ । सो दावी उपर भने कम्पनीहरुले २ अर्ब २७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । ६७३ वटा सम्पत्ति बीमालेखमा दावी पेश भएको थियो ।

यता, २ हजार २७० वटा गाडीमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । सो क्षति उपर मोटर बीमा अन्तर्गत कम्पनीहरुले ४७ करोड ७७ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् । मोटर बीमामा कुल ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

यता, अन्य बीमा अन्तर्गत पनि कम्पनीहरल्े २२ लाख रुपैयाँ भुक्तानी दिएका छन् । तर, १ करोड ६६ लाख रुपैयाँ बराबरको दावी पेश भएको परिवहन बीमा अन्तर्गत भने हालसम्म भुक्तानी हुन सकेको छैन ।

सिद्धार्थ प्रिमियर दियो ठुलो दावी भुक्तानी, तीन कम्पनीको शून्य

जेनजी आन्दोलनपछिको क्षति उपर सबैभन्दा ठुलो दावी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दिएको छ । कम्पनीले १ अर्ब २८ करोड ३ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । कम्पनीमा भने ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ ।

प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्स कम्पनीले पनि हालसम्म ५८ करोड ३२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ ।कम्पनीमा झन्डै साढे २ अर्ब बराबरको दावी पेश भएको छ ।

यता, आइजीआई प्रुडेन्सियलले पनि ३१ करोड ४१ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । कम्पनीमा पनि २ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ बराबरको दावी पेश भएको प्राधिकरणले विवरणमा उल्लेख छ ।

यस्तै, हिमालयन एभरेष्टले २५ करोड ६० लाख रुपैयाँ, नेकोले ९ करोड ८० लाख, सगरमाथा लुम्बिनीले ७ करोड २४ लाख, सानिमा जिआइसीले ७ करोड १४ लाख, नेपाल इन्स्योरेन्सले ६ करोड ११ लाख, एनएलजीले २ करोड १ लाख, युनाईटेड अजोडले १ करोड ७८ लाख र ओरियण्टलले १ करोड ६६ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका छन् ।

यस्तै, प्रभू इन्स्योरेन्सले २२ लाख, ट्रस्ट माइक्रोले २२ लाख, नेपाल माइक्रोले १२ लाख, प्रोटेक्टिभलले २ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।

तर, राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने हालसम्म भुक्तानी दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्