अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको उद्धार
काठमाडौं । लगातारको भारी हिमपात र जोखिमपूर्ण अवस्था भएपछि सशस्त्र प्रहरी बलले अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १६२ जना पर्यटकलाई सुरक्षित स्थानमा उद्धार गरेको छ ।
बेस क्याम्पमा कोही पनि आन्तरिक वा विदेशी पर्यटक बाँकी छैनन्। पर्यटकहरूलाई हिमपात नभएका सुरक्षित क्षेत्रहरूमा पुर्याइएको र केहीमा हल्का स्वास्थ्य समस्या भए पनि कुनै गम्भीर समस्या नदेखिएको जानकारी छ ।
उद्धारका क्रममा डोरीको सहायताले जोखिमयुक्त मार्ग पार गराइएको थियो । अहिले बेस क्याम्प खाली भएको छ । सो क्षेत्रमा हिमपात जारी रहेको सशस्त्रले जनाएको छ ।













