बाढी–पहिरो जोखिमका कारण आज साँझदेखि विपी राजमार्ग बन्द - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बाढी–पहिरो जोखिमका कारण आज साँझदेखि विपी राजमार्ग बन्द



काठमाडौं । बाढी र पहिरोको उच्च जोखिमका कारण विपी राजमार्ग आज साँझदेखि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकका बिहीबार (कार्तिक १३) साँझ ५ बजेदेखि शुक्रबार (कार्तिक १४) बिहान ६ बजेसम्म भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सवारी आवागमनमा प्रतिबन्ध लगाइएको हो ।

रोशी खोला र अन्य स्थानीय खोलामा बाढी बढ्ने सम्भावना रहेकाले आवश्यक परे अन्य समयमा पनि प्रहरी र ट्राफिकले सवारी रोक्न सक्ने प्रशासनले जनाएको छ ।

प्रशासनले अत्यावश्यक नपरी यात्रामा ननिस्कन, विशेष गरी राति र पहिरो जोखिम क्षेत्र टार्न आग्रह गरेको छ। नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्ने तयारी गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्