सिंहदरबार सारिँदै स्वास्थ्य मन्त्रालय, दुई हप्ताभित्र ‘प्रिफ्याब’ भवन तयार हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्र सार्ने तयारी तीव्र पारिएको छ ।
सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय अस्थायी रूपमा सार्ने तयारी भइरहेको हो ।
मन्त्रालयका अनुसार सो स्थानमा अहिले ६ वटा ‘प्रिफ्याब’ भवन निर्माण भइरहेको छ, जनु दुई साताभित्र तयार हुने मन्त्रालयले जनाएको छ ।
आगामी मंसिर १ गतेदेखि मन्त्रालय सिंहदरबारभित्र सर्ने योजना छ । आगामी दिनमा संसद् सचिवालय नयाँ भवनमा सरेपछि मन्त्रालयलाई अहिलेको संसद् भवनमा स्थायी रूपमा स्थानान्तरण गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनमा आगलागी भएपछि मन्त्रालय अहिले अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन भइरहेको छ ।













