बुद्ध एयरको काठमाडौं–कलकत्ता सीधा उडान कात्तिक २९ गतेदेखि सुरु, साप्ताहिक चार उडान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बुद्ध एयरको काठमाडौं–कलकत्ता सीधा उडान कात्तिक २९ गतेदेखि सुरु, साप्ताहिक चार उडान



काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको कलकत्तातर्फ सिधा उडान पुन: सुरु गर्ने तयारी गरेको छ । बुद्धले आगामी नोभेम्बर १५ अर्थात् कात्तिक २९ गतेदेखि नियमित उडान सञ्चालन गर्ने जनाएको हो ।

बुद्ध एयरका अनुसार यसअघि साप्ताहिक तीन दिन हुने भनिएको थियो । । तर, अब आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी चार दिन सञ्चालन हुने बुद्धले जानकारी दिएको छ ।

करीब ६ वर्षपछि बुद्ध एयरले कलकत्तातर्फको उडान पुन: सुरु गर्न लागेको हो । यसअघि २०७६ जेठ तिर सञ्चालनमा आएको यो मार्ग व्यावसायिक कारणले केही महिनामै बन्द गरिएको थियो । कम्पनीले विगतका कमजोरी सच्याउँदै पुन: सेवा विस्तार गर्न लागेको जनाएको छ ।

एटीआर–७२ विमानबाट हुने काठमाडौं–कलकत्ता उडान करिब डेढ घण्टाको हुनेछ । टिकट बुकिङ सुरु भइसकेको वायुसेवाले जनाएको छ । प्रारम्भिक भाडादर १४ हजार ५०० रुपैयाँदेखि सुरु हुने र अधिकतम ३१ हजार २०० रुपैयाँसम्म हुने बताइएको छ । हाल बुद्ध एयरले भारतको बनारसमा नियमित उडान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्