लेदो र ढुंगाले बिपी राजमार्गका केही भाग अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ का बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसी क्षेत्रमा सडक माथिबाट लेदो र ढुंगा खसेपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको हो । सडक खुलाउने कार्य जारी रहेको रहेको बताइएको छ ।
जोखिम कम गर्नका लागि स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म काभ्रेभञ्ज्याङ–भकुण्डेबेँसी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेकका सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।













