पहिरोका कारण बिपी राजमार्ग तीन दिनदेखि ठप्प - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पहिरोका कारण बिपी राजमार्ग तीन दिनदेखि ठप्प



काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सुख्खा पहिरो खस्दा बिपी राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार चारसयबेशीमा माथिबाट लगातार पहिरो खसिरहेकाले सवारीसाधन सञ्चालन रोकिएको हो ।

राजमार्ग सुचारु गर्न हाल डाइभर्सन निर्माणको काम भइरहेको छ । अविरल वर्षाका कारण बिहीबारदेखि चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउनेलगायत स्थानमा ढुंगा–माटोको पहिरो खसेर सडक बन्द भएको थियो । अन्य ठाउँको पहिरो हटाइए पनि चारसयबेशीमा पहिरो खस्ने क्रम नरोकिँदा यातायात अझै सञ्चालनमा आउन सकेको छैन ।

गत असोजमा पनि लगातार वर्षाका कारण माम्तीको तल्लो भेगमा सडक बग्दा डाइभर्सनमार्फत यातायात चलाइए पनि पुन: लेदो र बाढी पसेर राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीले यात्रुहरूलाई आवश्यक परे वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्