महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । महालक्ष्मी विकास बैंकको लाभांश घोषणा भएको छ ।

बैंक गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.३७ प्रतिशत नगद लाभांश गरि कुल १०.३७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको आजै अर्थात् कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले उक्त दरमा लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्