पूर्वाधार पुनर्निमाण कोषमा नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको १ करोड २५ लाख सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वाधार पुनर्निमाण कोषमा नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको १ करोड २५ लाख सहयोग



काठमाडौं । सरकारले स्थापना गरेको पूर्वाधार पुनर्निमाण कोषमा दुई इन्स्योरेन्स कम्पनीले रकम जम्मा गरेका छन् । उक्त कोषमा नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सले मंगलबार सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको पुनर्निर्माण गर्न सरकारले स्थापना गरेको हो ।

मंगलबार नेशनल लाइफले १ करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । नेशनल लाइफका सीइओ सुरेश प्रसाद खत्रीले सो बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यता, एनएलजी इन्स्योरेन्सको तर्फबाट भने प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेका हुन् ।
योसँगै हालसम्म उक्त कोषमा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ रकम जम्मा भएको छ ।


प्रतिक्रिया दिनुहोस्