एकै महिना १४ अर्बको जीवन बीमा व्यापार, कुन कम्पनीले कति उठाए ‘प्रिमियम’ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकै महिना १४ अर्बको जीवन बीमा व्यापार, कुन कम्पनीले कति उठाए ‘प्रिमियम’ ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १४ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

असोज मसान्तसम्म कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । असोजमा मात्रै १३ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

असोजमा कम्पनीहरुले नविकरण मार्फत १० अर्ब ९७ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने २ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

असोजमा सबैभन्दा धेरै नेपाल लाइफले ३ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ८६ करोड ६ लाख बराबरको नयाँ व्यापार भित्र्याएको छ । नविकरण मार्फत भने २ अर्ब ९१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफले एकै महिना १ अर्ब ७० करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क नविकरण मार्फत र ३८ करोड ९८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।
यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पनि असोजमा १ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब ३८ करोड ६७ लाख नविकरण मार्फत र २० करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो ।

प्राधिकरणका अनुसार हिमालयन लाइफले पनि १ अर्ब २६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यता, सूर्यज्योतिले ८६ करोड ५७ लाख, एशियन लाइफले ७८ करोड ५३ लाख, सिटिजनले ६७ करोड ७२ लाख, सानिमा रिलायन्सले ६० करोड ९७ लाख, मेट लाइफले ६० करोड ९३ लाख, राष्ट्रिय जीवन बीमाले ४५ करोड १९ लाख, आइएमई लाइफले ४२ करोड ९५ लाख, रिलायवल नेपालले ४४ करोड २५ लाख र प्रभू महालक्ष्मी लाइफले ४३ करोड ७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्