जीवन बीमा कम्पनीको नयाँ व्यापार साढे २६ प्रतिशत बढ्यो, कसले कति भित्र्याए ?
काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरु नयाँ व्यापार बढाउन तातिएका छन् । तीन महिनामै कम्पनीहरुले नयाँ व्यापार साढे २६ प्रतिशत बढाएका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक विवरणले यस्तो देखाएको हो ।
गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन ९ अर्ब ५४ करोड ९ लाख ९८ हजार रुपैयाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने २६.५५ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्मको कम्पनीहरुले ७ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका थिए ।
अधिकांश कम्पनीहरुल नयाँ व्यापार बढाएका छन् । तर, हाल संचालनमा रहेकामध्ये २ वटाको भने घटेको देखिन्छ ।
प्राधिकरणका अनुसार हिमालयन लाइफ र सन नेपाल लाइफको प्रथम बीमा शुल्क क्रमश: ८.४३ प्रतिशत र ४.६९ प्रतिशत घटेको छ । हिमालयन लाइफले तीन महिनामा ५४ करोड ६६ लाख रुपैयाँ र सन नेपालले १९ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
नयाँ व्यवसायमा पनि नेपाल लाइफकै वर्चश्व छ । कम्पनीले तीन महिनामै २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा भने ४२.४९ प्रतिशत बढी हो ।
यता, दोस्रो स्थानमा रहेको नेशनल लाइफले पनि नयाँ व्यापार १८.७२ प्रतिशत बढाएको छ । तीन महिनामा कम्पनीले १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
नयाँ व्यापार बढाउन आइएमई लाइफ तगडा देखिएको छ । कम्पनीले प्रथम बीमा शुल्क आर्जन ७०.६५ प्रतिशत बढाएर ४२ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । जबकि, गत आवको सोही अवधिमा भने यस्तो बीमा शुल्क २४ करोड ८८ लाख रुपैयाँ थियो ।
यस्तै, रिलायवल नेपाल लाइफको नयाँ व्यापार पनि ३८.२६ प्रतिशत, सिटिजनको ३४.३९ प्रतिशत, एलआइसी नेपालको ३१.५२ प्रतिशत, एशियन लाइफको २९.९८ प्रतिशत, सानिमा रिलायन्सको २७.८५ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको २७.१८ प्रतिशत, प्रभू महालक्ष्मीको २२.५१ प्रतिशत, मेट लाइफको १७.७२ प्रतिशत, सूर्यज्योतिको ५.०३ प्रतिशत वृद्धि भएको छ ।
कसले कति उठाए प्रथम बीमा शुल्क ?














