माछापुच्छ्रे बैंकले कमायो ४१ करोड ७९ लाख नाफा, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । माछापुच्छ्रे बैंकको नाफामा दोहोरो अंकको गिरावट आएको छ । तीन महिनामै बैंकले साढे ४१ करोड बढी नाफा कमाएको देखिन्छ ।
बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकको नाफा १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकले ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको संचालन नाफामा पनि ४०.१५ प्रतिशत गिरावट आई ५९ प्रतिशत घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । बैंकका खुद ब्याज आम्दानी, संचालन नाफा घटेसँगै इम्पेरमेन्ट चार्ज बढेको छ। जसले खुद नाफा घट्न टेवा पुगेको छ ।
समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा पनि ११ करोड ४ लाख रुपैयाँ ऋणात्मक छ ।
हाल बैंकको चुक्ता पुँजी १२ करोड ८ लाख ६२ हजार रुपैयाँ छ । बैंकले जगेडा ता कोषमा भने ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकले १ खर्ब ९३ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४८ अर्ब ६५ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकसँग ४.१३ प्रतिशत खराब कर्जा छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो कर्जा ३.१५ प्रतिशत थियो ।
हाल बैंकको प्रतिसेयर आम्दानी १३.८३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ छ ।














