मुगु र खजुरामा सूर्यज्योति लाइफकाे शाखा विस्तार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मुगु र खजुरामा सूर्यज्योति लाइफकाे शाखा विस्तार



काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भनि हाल बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ।

थप यी दुई शाखाहरुको विधिवत समुद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत,फर्सुराम मरासिनीले गरेका हुन्। हाल सूर्यज्योतिले देशभरीका १७५ शाखाकार्यालय हरु मार्फत आफ्ना बिमितहरुलाई सेवा प्रदान गरिरहेको छ।

जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो आईएसओ ९००१-२०१५ सर्टिफाइड एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै आईरहेको छ।


प्रतिक्रिया दिनुहोस्