हिमालयन लाइफ इन्स्योरेन्सकाे स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
भक्तपुरकाे मध्यपुर ठिमी बस्ने घिमिरेलाई चार वर्षको अवधिका लागि नियुक्त गरीएकाे हाे ।














