आइएमई लाइफको व्यापार दोहोरो अंकमा बढ्यो, कमायो झन्डै १६ करोड नाफा
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा आइएमई लाइफ इन्स्योरेन्सकाे नाफा सामान्य बढेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार असाेज मसान्तसम्म कम्पनीले १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३१.९६ प्रतिशत बढेर १ अर्ब ५३ कराेड ६३ लाख र कुल आम्दानी २५.३३ प्रतिशत बढेर १ अर्ब ९८ कराेड ३ लाख रूपैयाँ पुगेकाे छ ।
त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २८.६१ प्रतिशत बढेर १ अर्ब ४५ कराेड ४१ लाख र कुल खर्च २६.९६ प्रतिशत बढेर १ अर्ब ८२ कराेड २० लाख रूपैयाँ पुगेकाे छ ।
असोज मसान्तसम्ममा कम्पनीकाे प्रतिशेयर आम्दानी १ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै मूल्य आम्दानी अनुपात ३३.५६ गुणा रहेको छ ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित छ।













