मेलम्चीको पानी काठमाडौं उपत्यकामा पठाउन सुरु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मेलम्चीको पानी काठमाडौं उपत्यकामा पठाउन सुरु



काठमाडौ । लामो समय अवरुद्ध रहेको मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौं उपत्यकामा पठाउन सुरु भएको छ ।

गत एक हप्तादेखि अवरुद्ध रहेको मुहान क्षेत्रमा स्थानीय आन्दोलनका कारण पानी रोकिएको थियो ।

आन्दोलनरत स्थानीय र सरकारले गरेको वार्तापछि बाधा हटाइँदै पानी पथान्तरण सुरु गरिएको मेलम्ची बाढी पीडित संघर्ष समितिले जनाएको छ । सहमति अनुसार मुहान क्षेत्र खुला गरिएपछि आज सडक स्तरोन्नतिका लागि टेन्डर आह्वान गरिएको छ ।

सडक स्तरोन्नति योजना अनुसार मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ १७ किलोमिटर सडक तीन प्याकेजमा विभाजन गरेर निर्माण गरिनेछ । यसअघि गत २० कात्तिकदेखि स्थानीयको सहमति पाएपछि सुरुङमार्फत पानी काठमाडौं ल्याइँदै आएको छ र।


प्रतिक्रिया दिनुहोस्