मर्मत सम्भारपछि ग्राउन्ड रहेका निगमका दुई ट्विन अटर जहाज पुनः सञ्चालनमा
काठमाडाैं । नेपाल वायुसेवा निगमकाे लामो समयदेखि ग्राउन्ड रहेको २ वटा जहाज पुनः सञ्चालनमा आएका छन्।
मध्य सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत तथा वार्षिक परीक्षणका लागि ग्राउन्ड गरिएको ट्विन अटर डीएचसी–६ र ९एन-एबीटी जहाज आवस्यक मर्मत सम्भारपछि पुनः सञ्चालनमा आएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए ।
कार्तिक २४ गते (साेमबार) उक्त जहाजकाे सफल परीक्षण उडान पनि सम्पन्न गरिसकेकाे घिमिरेले बताए ।
परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएपछि निगमको दुबै ट्विन अटर जहाजहरूबाट मंगलबारदेखि नै देशभरका दुर्गम गन्तव्यहरूमा व्यावसायिक उडान पुनः सुरु भइसकेको छ।
निगमले यो कदमले यात्रुवर्गको यात्रा थप सहज र विश्वासिलो हुने अपेक्षा व्यक्त गरेको छ।
निगमप्रति यात्रुवर्गले देखाएको अगाढ स्नेह र विश्वासप्रति आभार प्रकट गर्दै, आगामी दिनमा पनि निगमको सेवाबाट लाभ लिन सबैलाई अनुरोध गरेको छ।














