नाफासँगै बढ्यो हिमालयन रिइन्स्योरेन्सको प्रतिसेयर आम्दानी
काठमाडौं । चालु आर्थिक वर्षकाे पहिलाे त्रैमासमा हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ८.६ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेकाे पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असाेज मसान्तसम्ममा २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा कम्पनीले यस्तो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो ।
यस्तै असाेज मसान्तसम्ममा कम्पनीकाे खुद बीमाशुल्क आर्जन ९.३६ प्रतिशतले बढेर १ अर्ब १ करोड १० लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले खुद बीमाशुल्क आर्जन ९२ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकाे थियाे ।
यस्तै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी ८.७१ रुपैयाँबाट बढेर ९.०५ रुपैयाँ पुगेकाे छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ ।
यस्तै ३१ करोड २१ लाख रुपैयाँ रहेको लगानीवापतको आम्दानी २३ करोड ३९ लाख रुपैयाँमा झरेकाे छ ।
१० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी ९९ करोड ८१ लाख रुपैयाँ छ भने विपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ छ ।













