जीवन बीमाले कमाए झन्डै २ अर्ब नाफा : दुई कम्पनी बने टपर, ग्रोथमा को–को अगाडि ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य सुधार आएको छ । अधिकांश निर्जीवन बीमा कम्पनीहरुले घाटा व्यहोरेको बेला जीवन बीमाले भने साढे २ प्रतिशत मात्रै नाफा बढाएका छन् ।
तीन महिनामा झन्डै २ अर्ब नाफा कमाएको देखिन्छ । हाल संचालनमा रहेका १४ ठुला जीवन बीमा कम्पनीहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीहरुले १ अर्ब ९७ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको तुलनामा २.५१ प्रतिशत धेरै हो । जबकि, गत आवको असोज मसान्तसम्ममा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका थिए ।
कम्पनीहरुको व्यापार आएको बढोत्तरी आएसँगै नाफामा सुधार आएको हो । कम्पनीहरुको व्यापार १९.८३ प्रतिशत वृद्धि भएको छ । चालु आवको तीन महिनामा कम्पनीहरुले कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
अधिकांश कम्पनीहरुको नाफा बढेपनि तीन वटाको भने घटेको छ । चालु आवको पहिलो त्रैमासमा सर्वाधिक नाफा २५ करोड ८५ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत आवको तुलनामा भने २९.६५ प्रतिशत धेरै हो ।
दोस्रो स्थानमा रहेको सन नेपाल लाइफले पनि ४४.०२ प्रतिशत बढाएर २३ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । यता, तेस्रो स्थानमा रहेको नेपाल लाइफले २१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छ । यो नाफा गत आवको तुलनामा भने ४.९४ प्रतिशत धेरैहो ।
नाफा वृद्धिदरको आधारमा भने सन नेपाल लाइफ पहिलो सूचीमा छ । दोस्रो सूचीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले ३७.४७ प्रतिशत नाफा बढाएको छ।
समिक्षा अवधिमा एशियन लाइफको नाफा १४.७० प्रतिशत, सानिमा रिलायन्सको १४.७० प्रतिशत, सूर्यज्योति लाइफको ११ प्रतिशत, आइएमईको ९.१७ प्रतिशत, नेशनल लाइफको १.८१ प्रतिशत वृद्धि भएको छ ।
तर, हिमालयन लाइफसँगै तीन वटाको नाफामा भने गिरावट आएको छ । समिक्षा अवधिमा हिमालयन लाइफको नाफा ४९.६५ प्रतिशत घटेको छ । यस्तै, प्रभू महालक्ष्मीको पनि ४९.४८ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ४६.५४ प्रतिशत घटेको छ ।
कसले कति कमाए नाफा ? (रकम हजारमा)














