एसएसपी अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि बढुवाको सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले अधिकारीलाई सो पदका लागि योग्य ठहराएको हो ।
अघिल्लो बढुवामा उनी छुटेका थिए र त्यस क्रममा पाँच अन्य एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो । सिफारिस समितिको मंसिर १ गते बसेको बैठकले बढुवा गरेको हो ।














