नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्यो
काठमाडौं । आइतबार घटेको सेयर बजार सोमबार पुनः बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.७८ अंकले घटेर २५ सय ५० दशमलव ३६ अंकले बढेको छ ।
आज नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेको छ । यसदिन ३३५ कम्पनीकाे ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ३ अर्ब ९४ कराेड ६० लाख ७४ हजार रूपैयाँमा काराेबार भएकाे छ ।
हिजाे ३३७ कम्पनीकाे ७९ लाख ५७ हजार ०५६ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब ८९ कराेड ३९ लाख ७५ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
यसदिन निर्जीवन बीमा र अन्य समुहबाहेक सबै समुहका सेयर बढेका छन् । आज बिकास बैंक समुह १.५० र हाेटल तथा पर्यटन १.०८ प्रतिशत बढेकाे छ ।
आज बन्दिपुर केवलकारकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने सागर डिष्टलरी, बुंगल हाइड्राेपावर र झापा इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ ।
यता बजार बढेकाे दिन भुगाेल इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशत घटेकाे छ ।
















