मंगलबार सुन-चाँदीकाे मूल्यमा भारि गिरवट, ताेलाकाे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मंगलबार सुन-चाँदीकाे मूल्यमा भारि गिरवट, ताेलाकाे कति ?



काठमाडौं । मंगलबार नेपाली बजार सुनचाँदीको मूल्यमा भारी गिराटव आएको छ । सोमबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ आज एकैदिन ३ हजार ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ३९ हजार ५०० रूपैयाँ ताेकिएकाे छ ।

साेमबार छापावाल सुन प्रतिताेला २ लाख ४३ हजार ३०० रूपैयाँ ताेकिएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्