१५.७० अंकले बढ्याे नेप्से, ४ अर्ब १० कराेडकाे काराेबार
काठमाडौं । मंगलबार सेयर बजार दाहोरो अंकले बढेको छ । सोमबार ९.७८ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज १५.७० अंकले बढेर २५ सय ६६ दशमलव ०७ बिन्दुमा पुगेको छ ।
यसदिनज सबै समुहकाे सेयर बढेकाेमा हाेटल तथा पर्यटन समुह १.२८, विकास बैंक समुह १.२५, लगानी समुह १.०३ प्रतिशत बढेकाे छ ।
आज सागर डिष्टिलरी र माबिलुङ इनर्जीकाे सेयर मूल्यमा सकारात्मक सर्कीट लागेकाे छ भने बुंगल हाइड्राे, झापा इनर्जी, बन्दीपुर केवलकारकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ ।
नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३४५ कम्पनीकाे २९ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० कराेड ५४ लाख ६ हजार रूपैयाँका किनबेच भएकाे छ ।
हिजाे ३३५ कम्पनीकाे ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ३ अर्ब ९४ कराेड ६० लाख ७४ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।













