१५.७० अंकले बढ्याे नेप्से, ४ अर्ब १० कराेडकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१५.७० अंकले बढ्याे नेप्से, ४ अर्ब १० कराेडकाे काराेबार



काठमाडौं । मंगलबार सेयर बजार दाहोरो अंकले बढेको छ । सोमबार ९.७८ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज १५.७० अंकले बढेर २५ सय ६६ दशमलव ०७ बिन्दुमा पुगेको छ ।

यसदिनज सबै समुहकाे सेयर बढेकाेमा हाेटल तथा पर्यटन समुह १.२८, विकास बैंक समुह १.२५, लगानी समुह १.०३ प्रतिशत बढेकाे छ ।

आज सागर डिष्टिलरी र माबिलुङ इनर्जीकाे सेयर मूल्यमा सकारात्मक सर्कीट लागेकाे छ भने बुंगल हाइड्राे, झापा इनर्जी, बन्दीपुर केवलकारकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ ।

नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३४५ कम्पनीकाे २९ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० कराेड ५४ लाख ६ हजार रूपैयाँका किनबेच भएकाे छ ।

हिजाे ३३५ कम्पनीकाे ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ३ अर्ब ९४ कराेड ६० लाख ७४ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्