९ श्रावण २०८३, शनिबार

शीतलहरबाट २१ र हिमपातबाट २८ जिल्ला बढी प्रभावित हुने प्रक्षेपण, पहिलो पटक बन्यो कार्ययोजना



काठमाडौं । नेपालमा पहिलाे पटक हिमपात र शीतलहरबाट बच्न कार्ययाेजना बनेकाे छ ।

सरकारले जाडो मौसममा हिमालीरउच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहरलाई लक्षित दुई छुट्टाछुट्टै कार्ययोजना तयार पारेको हाे ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सम्बद्ध सबैसँगको छलफल तथा रायपछि दुई वटा राष्ट्रिय कार्य योजना तयार पारेकाे जनाएकाे छ ।

यस अघि गृहमन्त्री ओमप्रकाश अर्यालले प्राधिकरणलाई शीतलहर र हिमपातबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन दिएका थिए।

कार्य योजनामा हिमाली तथा उच्च पहाडी क्षेत्रका जम्मा २८ जिल्लाहरूलाई सम्भावित हिमपातको बढी जोखिम रहेको औंल्याइएको छ भने शीतलहरबाट कुल २१ जिल्ला बढी प्रभावित हुन सक्ने बताइएको छ।

ती जिल्लाहरूमा विशेष सावधानी र हिमपातबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्न विशेष रणनीतिक कार्य योजनाहरू सार्वजनिक गरिएका छन्।


प्रतिक्रिया दिनुहोस्