ताेलामा २८०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ताेलामा २८०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । बुधबार नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार एकैदिन तोलामा ३ हजार ८०० रुपैयाँ घटेको सुनको भाउ आज २८०० रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ४२ हजार ३०० रूपैयाँ ताेकिएकाे छ ।

मंगलबार छापावाल सुन प्रतिताेला २ लाख ३९ हजार ५०० रूपैयाँ ताेकिएकाे थियाे ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्