९ श्रावण २०८३, शनिबार

सिमरामा जेनजी–एमाले युवाबीच तनाव, विमानस्थल बन्द



काठमाडौं । बाराको सिमरास्थित विमानस्थल वरिपरि जेनजी समूह र नेकपा एमालेका युवाबीच परेको झडपले सुरक्षास्थिति बिग्रिँदै गएपछि विमानस्थल बन्द गरिएको छ । प्रशासनले अवस्था गम्भीर भन्दै कफ्र्यु आदेश जारी गरेको छ ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत एक कार्यक्रमका लागि सिमरा आउने क्रममै उनीहरूको स्वागत र विरोधमा उभिएका दुई समूह आमनेसामने हुँदा झडप सुरु भएको हो। विमानस्थल बन्द भएपछि उनीहरूको उडानसमेत रोकिएको छ ।

उग्र बन्दै गएको प्रदर्शनका कारण विमानस्थल क्षेत्रमा तोडफोड भएको र जेनजी समूहले प्रहरीसँग पनि झडप गरेको जनाइएको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली खटाइएको छ।


प्रतिक्रिया दिनुहोस्