९ श्रावण २०८३, शनिबार

बागमती प्रदेशको पुँजीगत खर्च अपेक्षित भन्दा कम



काठमाडौं । बागमती प्रदेशमा चालु आर्थिक वर्षको प्रथम चार महिनामा पुँजीगत खर्च अपेक्षितभन्दा कम भएको छ ।

प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बजेट ल्याएको थियो । त्यसमा ४ अर्ब ९० करोड ३५ लाख ८६ हजार मात्रै खर्च भएको छ । जुन कुल बजेटको ७.२७ प्रतिशत हो ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी खर्च प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २०.९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६.९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६.३७ प्रतिशत खर्च गरेका छन् ।

सबैभन्दा कम खर्च संस्कृति तथा पर्यटन मन्त्रालयले १.१४ प्रतिशत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्