नेप्से परिसूचक र काराेबार रकम दुबै घट्याे
काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.०३ अंकले घटेर २५ सय ५७ दशमलव ०३ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ । आज ३३८ कम्पनीकाे ८२ लाख ७९ हजार २४६ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७१ कराेड ६३ लाख ६९ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३४५ कम्पनीकाे २९ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० कराेड ५४ लाख ६ हजार रूपैयाँका किनबेच भएकाे थियाे ।
घटेकाे बजारमा हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, म्युच्युअल फण्ड र बव्यापार समुह बढेका छन् भने बाँकी सबै समुह घटेका छन् ।
आज हाेटल तथा पर्यटन समुह सर्वाधिक १.१६ प्रतिशत बढेकाे छ । यस्तै विकास बैंक समुह १.०९ प्रतिशत घटेकाे छ ।
घटेकाे बजारमा आज माबिलुङ इनर्जी र दरमखाेला हाइड्राेपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने
सागर डिस्टिलरी, हिमस्टार उर्जा, बंगल हाइड्राे, सान्भी इनर्जी, बन्दीपुर केवल कार र झापा इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ ।













