३ आश्विन २०८३, शनिबार

तीन अर्ब ७६ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ३ अर्ब बराबरको रकम लगानी गर्ने भएको छ ।

केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ८० लाख, ‘ख’ वर्गका विकास बैंकमा ५६ करोड ४० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

केन्द्रिय बैंकले २०२५ नोभेम्बर २७ देखि २०२६ नोभेम्बर २७ सम्म ३३६ दिनका लागि मुद्दति निक्षेपको रुपमा लगानी गर्न लागिएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर ८ गते साँझ ७ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ ।