नेको इन्सुरेन्सद्वारा ‘विद्यार्थी अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा नीति’ शुभारम्भ
काठमाडौं । देशको निर्जिवन बीमा बजारमा विगत २९ वर्षदेखि सेवा पुयाउँदै आएको नेको इन्सुरेन्सले विद्यार्थी अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा नीतिको शुभारम्भ गरेको छ ।
समय सापेक्ष आवश्यक बीमालेखहरु बजारमा ल्याउँदै आएको कम्पनीले वर्तमान समयमा नेपाली विद्यार्थीहरु अध्ययनको लागि विदेश जाने क्रम बढी रहेको परिप्रेक्षमा आफ्ना सम्पत्तिहरु धितो राखेर कर्जा लिएर अभिभावकहरुले आफ्ना छोराछोरीलाई अध्ययन गर्न पठाउँदा अप्रत्याशित रुपमा आइपर्ने विभिन्न घटनाहरुले पढाईलाई निरन्तरता दिन नसक्ने जस्ता कठिनाईहरुको समाधानको लागि नेको इन्सुरेन्सले यो बीमालेख बजारमा ल्याएको छ ।
यो बीमालेख अध्ययन गर्न विदेश गै सकेका विद्यार्थीहरुले समेत विदेशबाटै अनलाइनको माध्यमबाट लिन सकिनेछ ।
यस बीमालेखबाट विद्यार्थीको विदेशमा हुने औषधोपचार खर्चको भुक्तानी, काम गर्न नसकेको अवस्थामा पढाई शुल्क लगायत खाना तथा बसाई खर्चको भुक्तानी, आय आर्जन गर्ने अभिभावकको निधन भएको अवस्थामा नेपालमा लिएको कर्जाको किस्ता तथा बाँकी पढाई शुल्क भुक्तानी र अभिभावकको अन्तिम संस्कारमा नेपाल आउने हवाई टिकट खर्चको भुक्तानी एवं दुर्घटना बीमा जस्ता सुविधाहरु प्राप्त हुनेछन् ।












