कम्प्रिहेन्सिभ बीमा लागू, अर्थ मन्त्रालयका २० गाडी अब पूर्ण बीमामा
काठमाडौं । सरकारी सवारी साधनको सुरक्षामा अब थप भरोसा जोडिएको छ । अर्थ मन्त्रालयले आफ्नै स्वामित्वमा रहेका २० वटा चारपाङ्ग्रे गाडीलाई पूर्ण (कम्प्रिहेन्सिभ) बीमामा समेटेको हो ।
मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयलाई कार्यान्वयनमा आएको छ । नेपाल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको बीमाले दुर्घटना, आगलागी वा अन्य क्षतिमा सरकारलाई अतिरिक्त खर्च वहन गर्नुपर्ने अवस्था कम हुने मन्त्रालयको भनाइ छ ।
बीमाको संरचनाले सार्वजनिक खर्चमा कटौती हुने, प्राथमिक क्षेत्रमा स्रोत परिचालन सजिलो हुने र वित्तीय अनुशासन मजबुत बन्ने अपेक्षा छ ।














