भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआइसी नेपालले दियो १ करोड एक लाख - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआइसी नेपालले दियो १ करोड एक लाख



काठमाडौं । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ करोड बढी रकम योगदान गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एक लाख रुपैयाँ बराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी ७५ लाख रुपैयाँ बराबरको चेक गत मंसिर ३ गते अर्थमन्त्री खनाललाई उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका थिए ।

सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद दिएका छन् । उक्त कोषमा आजसम्म ९ करोड ३० लाख जम्मा भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्